Tuesday, 26 September 2017 11:56 pm, Nepal

दुर्घटनामा दुई जनाको ज्यान गयो

मेचीकाली : 2015-01-12 17:41:27


सिन्धुली, २८ पुस :

आज विहान सिन्धुलीमा भएको गाडि दुर्घटनामा दुई जनाको ज्यान गएको छ । काठमाण्डौबाट ओखलडढुंगा तर्फ आईरहेको बा ९ च १२१० नम्बरको हाईलक्स गाडि सिन्धुलिको वासेश्वर ९ मगरवेसि ओखरभिरमा अनियन्त्रीत भई दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ओखलढुंगा च्यानम ७ का करिव ६१ बर्षका टेकबहादुर श्रेष्ठ र तलुवा गविसका विमला श्रेष्ठ हुनुहुन्छ । टेक बहादुरको घटना स्थलमै र विमलाको उपचारका लागि धुलिखेल अस्पताल लैजादैगर्दा बाटोमै ज्यान गएको सिन्धुलि प्रहरिले जानकारी दिएको छ ।   दुर्घटनामा चालक सहित पाँच जना घाईते भएका छन् । घाईतेहुनेहरु ओखलढुंगा च्यानम ७ का भोजकुमार श्रेष्ठ, समिक्षा श्रेष्ठ, सन्जीप श्रेष्ठ, चालक रुद्र श्रेष्ठ र तलुवाका उद्धव श्रेष्ठ रहेका छन् । घाईते सवैको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गाडि सडक भन्दा करिब ८५ मिटर तल पुगेको प्रहरिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु