Wednesday, 20 September 2017 06:45 pm, Nepal

डडेल्धुरा जिल्ला आपतकालिन कोषको खातामा ५५ हजार मात्रै संकलन

मेचीकाली : 2015-01-12 08:43:16


डडेल्धुरा, २८ पुस :

पुस १९ गते राती डडेल्धुरा सदरमुकाममा भएको आगलागी पिडितहरुको लागि अहिलेसम्म जिल्ला आपतकालिन कोषको खातामा ५५ हजार मात्रै जम्मा भएको छ । पिडितको सहयोगका लागि भनेर कोषको खातामा अहिलेसम्म ५५ हजार ८ सय १६ रुपैयाँ मात्र जम्मा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 बिभिन्न क्षेत्रबाट पिडितको सहयोगका लागि रकम दिने निर्णयहरु भएका समाचारहरु आएपनि रकम भने जम्मा भएको छैन । पीडितका लागि नगरपालिकाले पाँच लाख दिने बताएको छ भने उद्योग बाणिज्य संघले २ लाख ५५ हजार दिने निर्णय गरेको छ । त्यस्तै एभिन्यूज टेलिभिजनले एक लाख एक हजार दिने निर्णय गरेको थियो तर ती रकम नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय बाणिज्य बैँकमा रहेको जिल्ला आपतकालिन कोषको बैँक खाता नं. अर्थात हिसाव नं. ४०२०००४५१७०१ मा रकम जम्मा गरी सहयोग गरी दिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । पुष १९ गते राती भएको भिषण आगलागिबाट १० करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक प्रतिवेदन छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु