Friday, 22 September 2017 05:39 pm, Nepal

वन्दले पूर्वको जनजीवन प्रभावित

मेचीकाली : 2015-01-11 13:52:38


झापा, २७ पुस :

एकीकृत नेकपा (माओवादी) र सङ्घीय लिम्बुवान पार्टी नेपालसहित ३० दलीय मोर्चाको आह्वानमा आज गरिएको बन्दले मेची अञ्चलभरि यातायात ठप्प भएको छ । मोर्चाले अरुण–सप्तकोसी पूर्व  र पश्चिम क्षेत्र बन्द गरेको सङ्घीय लिम्बुवान् पार्टी नेपालका नेता खेसेहाम खजुमले जानकारी दिए ।
नौबुँदे मागसहित संवाद समितिमा पठाएको प्रस्ताव लागू हुनुपर्ने र सबैको सहमतिमा नयाँ संविधान जारी हुनुपर्ने मोर्चाको माग छ । बन्दको कारणले लामो तथा छोटो दूरीका यातायात पनि चल्न सकेका छैनन् । बन्द समर्थकले गए राति बिर्तामोडमा मसाल जुलुस पनि निकालेको थिए ।

सडकमा रिक्सा, ठेला, मोटरसाइकल र एम्बुलेन्स भने निर्बाध रूपमा चलेको पाइएको छ । बन्दको कारणले अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उद्योगी तथा व्यापारीले बन्दको विरोध गरेर विकल्पको बाटो रोज्न राजनीतिक दललाई आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु