Tuesday, 26 September 2017 02:53 pm, Nepal

पोखरामा आठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने

मेचीकाली : 2015-01-04 17:46:51


पोखरा, २० पुस :

पोखरामा माघको तेश्रो हप्ता देखि आठौ राष्ट्रिय प्राङगारिक कृषि मेला हुने भएको छ । कृषि ब्यबसाय प्रवद्र्धन कार्यक्रम हरिहर भवन ललितपुर र क्षेत्रीय कृषि निर्देशनालयको आयोजनमा पोखरा हुन लागेको मेलाको तयारीको लागि आज बसेको सरोकारवाला निकायबीचको बैठकले क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक लेखनाथ आचार्यको संयोजकत्वमा मेला मुल आयोजक समिति गठन गरेको छ ।

त्यस्तै  मेला सम्पन्न गर्नका लागि यहाँका सरकारी गैरसरकाी संघसस्थाका प्रमुख एवं प्रतिनिधि रहने गरी विभिन्न उसपसमिति संयोजकहरु पनि चयन गरीएको छ । पोखराको प्रदर्शनी केन्द्रमा माघ १५ देखि १८ गते सम्म हुने मेलामा प्रवेश शुल्क र स्टल पनि निुशुल्क राख्ने ब्यबस्था मिलाइएको मेला संयोजक एवं क्षेत्रीय निर्देशक लेखनाथ आचार्यले जानकारी दिनु भएको छ । यस अघि पोखरामा पाँचौ अर्गानिक भब्यरुपमा मेला सम्पन्न भएको थियो भने आठौं मेलामा पनि यस क्षेत्रबाट साथ र सहयोग मिल्ने आचार्यले अपेक्षा ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु