Tuesday, 26 September 2017 02:52 pm, Nepal

डडेल्धुराको बागबजारमा आगलागी, दुई दर्जन घर पसल जलेर नष्ट

मेचीकाली : 2015-01-04 08:48:50


डडेल्धुरा, २० पुस :

डेल्धुराको बागबजारमा आगलागी हुदा दुई दर्जन घर पसल जलेर नष्ट भएको छ । मध्यराती १ बजे बाट सुरु भएको आगलागी  ६ घण्टा पछि नियन्त्रणमा  आएको हो । आगलागी हुदा अरबौको क्षति भएको अनुमान गरिएको छ । जेसिपी र एक्साभेक्टर लगाएर आगो नियन्त्रण गर्नको लागि एकआपसमा जोडिएका घरहरु भत्काइएपछि आगो नियन्त्रणमा आएको हो ।

नेपाल प्रहरी, शससत्र प्रहरी, नेपाली सेना, स्थानीयको अथक ६ घण्टाको प्रयासपछि  आगो नियन्त्रणमा आएको हो ।  शुभम सिलाई सेन्टरबाट कपडामा लगाउने आइरनबाट आगो शुरु भएको र त्यसपछि ग्यास सिलिन्डर पसल, मोवाइल ग्यालरी, कपडा पसल र किराना पसलहरु जलेर नष्ट भएको छ । आगो नियन्त्रण गर्न समयमै बारुण यन्त्र नपुगेकाले पनि आगो फैलिएको स्थानीयले बताएका छन् ।
नगरपालिकाको एउटा बारुण यन्त्रले आगो नियन्त्रणमा ल्याउन नसकेपछि दिपायलबाट आइरहेको दमकल बिच बाटोमै एउटा ट्रकसंग ठोक्किदा दुर्घटना समेत भएको छ । डडेल्धुराको  सदरमुकाममा रहेको खलंगा खानेपानी उपभोक्ता समितीका पाइपबाटको पानीले आगो नियन्त्रणमा  अपुग भएपछि दिपायल बाट दमकल झिकाइएको  थियो । आगलागीका बागबजार जलेर नष्ट हुदा रुवावासी चलेको छ । नगरपालिका र स्थानीय प्रहरीले उद्धारमा हेल चक्राइ गरेका कारणले यती ठुलो क्षती भएको भन्दै स्थानीय व्यपारीहरु आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु