Friday, 22 September 2017 05:39 pm, Nepal

घाम लागेपछि तराईवासी खुशी

मेचीकाली : 2014-12-31 10:55:17


जनकपुर, १६ पुस :

एक सातापछि घाम देख्न पाएपछि तराईबासीको जनजीवन केही सहज बनेको छ । एक सातायता चलेको शीतलहर हटेपछि पूर्वी तराईका बासिन्दालाई राहत मिलेको छ । मौसममा सुधार आएपछि एक सातादेखि तराईमा अवरुद्ध हुँदै आएको हवाई सेवा पनि आज बिहानबाट सुचारु भएको छ । यसअघि, मध्य पूर्वी तराईका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा लगायत जिल्लामा चिसो बढेपछि जनजीवन ज्यादै कष्टकर बनेको थियो ।

 यस्तै पश्चिम तराईका अधिकांश जिल्लाको जनजीवन पनि शितलहरका कारण नराम्रोसँग प्रभावित बनेको थियो । शितलहरले कठ्याङिग्रएर तराईका जिल्लाहरुमा २२ जनाको मृत्यु भइसकेको छ । चिसोले हालसम्म महोत्तरीमा नौ, रौतहटमा पांच, सिराहामा पांच, मोरङ, सप्तरी र झापामा एक एक जनाको मृत्यु भएको हो । चिसो बढेपछि अस्पताल र निजी क्लिनिकमा उपचारका लागि आउने निमोनिया, श्वासप्रश्वास तथा रुघाखोकीका बिरामीको संख्या समेत बढ्न थालेको सम्बन्धीत जिल्ला अस्पतालहरुले जनाएका छन् ।

 उता, अत्याधिक चिसो बढेसंगै मध्य पूर्वी तराईका जिल्लाहरुमा सम्बन्धीत जिल्ला प्रशासन कार्यालय र रेडक्रसले चोक चोकमा सामुहिक आगो ताप्ने व्यवस्था मिलाएको छ । यद्यपि शितलहर पीडितहरुले सरकारले अझै पर्याप्त राहतको व्यवस्था नगरेको गुनासो गरेका छन् । सरकारी निकायले बेवास्ता गरे पनि कतिपय जिल्लामा विभिन्न संघसंस्थाले लत्ताकपडा बाँडिरहेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि तराईका अधिकांश जिल्लामा घाम लागेको छ । यद्यपि केही दिनमा फेरि शितलहर चल्ने महाशाखाको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु