Tuesday, 26 September 2017 04:56 pm, Nepal

सेवा अभाव भन्दै सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा बिरामी आउनै छोडे

मेचीकाली : 2014-12-31 08:43:32


डडेल्धुरा, १६ पुस :

सुदूरपश्चिमका पहाडी जिल्लाहरुको सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बिरामी आउनै छोडेका छन् । तत्कालिन समयमा एचडिसिएस नामक एक संस्थाले टिम अस्पतालको नामबाट चलाएको ५० शैयाको हालको सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा कुनै समयमा खाली नुहुने शैयाहरु अहिले भने सबै खाली देखिने गरेका छन् ।

अहिले अस्पतालका शैयामा औषतमा एक दिनमा २ देखी ७ शैयाहरुमा मात्रै बिरामी हुने गरेका छन् । बहिरङ्ग अर्थात ओपिडि कक्षबाट सेवा लिने बिरामीहरु पनि थोरै मात्रामा आउने गरेका छन् । कुनै बेला २ सय ५० भन्दा बढी बिरामी पुग्ने गरेको अस्पतालमा अहिले औषतमा दैनिक ४०÷५० जना मात्रै बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । आवश्यक सेवा दिन नसकेको भन्दै अस्पताल नै जान छोडेका छन् । अस्पतालमा कहिले मेसिन अभाव, कहिले चिकित्सक अभाव र भएका मेसिन पनि बिग्रन थालेका छन् । दरबन्दीअनुसार चिकित्सक तथा कर्मचारी पनि नभएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु