Tuesday, 26 September 2017 02:58 pm, Nepal

अवैधानिकरुपमा राजधानी काठमाण्डौ हिंडेका ५४ तिब्बतीलाई प्रहरीले फर्कायो

मेचीकाली : 2014-12-31 08:42:59


सोलुखुम्बु, १६ पुस :

सोलुखुम्बुको जुनबेशी स्थित थुप्तेन छोलिङ्ग गुम्बामा बस्दै आएका चीन मुलुकका बौद्ध धर्मावलम्बीहरु पुजापाठका लागि भन्दै हिजो बिहान काठमाडौं जाने क्रममा सडक मार्गबाटै प्रहरीले फर्काएको छ ।

कुनै परिचय पत्र वा जिल्ला प्रसासनको अनुमती विना उनीहरु काठमाडौं जान लागेको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ५४ जना तिब्बतीयनलाई काठमाडौं जान रोक लगाएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो । हिमाल तराईको ठुलो बस र दुधकुण्ड यातायात समितीको जिप रिजर्भ गरी काठमाडौं जाने क्रममा सोलुखुम्बुको दुधकुण्ड नगरपालिकाबाट करिब ५ किलोमिटर गाडी गुडिसकेपछि उनीहरुलाई फर्काइएको थियो । उनीहरुलाई पुनः पहिले बसेकै गुम्बामा पठाईने जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । बिना अनुमती जिल्ला बाहिर जाँदा शंकास्पद गतिविधीमा संलग्न हुन सक्ने भएकोले अन्यन्त्र जान प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु