Tuesday, 26 September 2017 12:38 am, Nepal

पुल सञ्चालनमा आएसँगै सोलुखुम्बुमा उपभोग्य वस्तुको मुल्य घट्यो

मेचीकाली : 2014-12-29 08:40:33


सोलुखुम्बु, १४ पुस :

उद्योग वाणिज्य संघ सोलुखुम्बुले उपभोग्य वस्तुको मुल्य घटाउने निर्णय गरेको छ । उदयपुर र ओखलढुंगा जोड्ने सुनकोशी नदिको पुल सञ्चालनमा आएसँगै ढुवानी सस्तो भएपछि उपभोग्य वस्तुको मुल्य घटाइएको उद्योग वाणिज्य संघ सोलुखुम्बुका अध्यक्ष जयप्रकाश राईले जानकारी दिनुभएको छ ।

हलुका वस्तुको ५ र वजनदार वस्तुको २ प्रतिशतले मुल्य घटाउने निर्णय गरिएको उहाँको भनाइ छ । राजधानी र तराई हुँदै सोलुखुम्बु भित्रने हरेक सामग्री भरियामार्फत सुनकोशी तार्नुपर्दा यसअघि किलो ८ रुपैँयासम्मका दरले मुल्य वृद्धि हुने गरेको थियो । पुस ७ गतेदेखि पुल सञ्चालनमा आएपछि सामान ढुवानीमा सहज र सुलभ भएको व्यापारीहरुले बताएका छन् । प्रत्येक पसलमा नयाँ मुल्य सुची राखेकाले उपभोक्तालाई सचेत हुन पनि आग्रह गरिएको छ ।

यसैबीच, सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट काठमाण्डाँै आउन जान लाग्ने भाडा पनि घटेको छ । पुल सञ्चालनपछि राजधानीसम्म सिधा यातायात सञ्चालन हुन थालेपछि यसअघिको भाडादरमा ५ सय रुपैँया घटाइएको सल्लेरी यातायात व्यवसायी संघका इन्चार्ज किरण राईले जानकारी दिनुभएको छ । यसअघि २ हजार रुपैँया निर्धारण गरिएको भाडा घटाएर अबदेखि १५ सयमा सेवा दिने यातायात व्यवसायीहरुले बताएका छन् । पुल सञ्चालपछि अहिले २ घण्टा अगाडि गाडी गन्तव्यमा पुग्न सक्छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु