Wednesday, 20 September 2017 06:44 pm, Nepal

धनगढीमा यौन क्रियाकलापमा संलग्न छ महिला पक्राउ

मेचीकाली : 2014-12-28 13:49:16


धनगढी, १३ पुस :

वडा प्रहरी कार्यालय धनगढीले यौन क्रियाकलाप गराउन एक होटलमा बसेका छजना महिलालाई शनिबार नियन्त्रणमा लिएको छ । स्थानीय केही होटल तथा रेष्टुराँमा अप्रत्यासित रुपमा गरिएको निरीक्षणका क्रममा अश्लील कार्य गर्ने गराउने उद्देश्यले विभिन्न स्थानबाट आई बसेका ती छजना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले होटलमा छापा हान्न थालेपछि केहीले व्यक्तिगत घरमा कोठी सञ्चालन गरी यौन धन्दा चलाउन थालेको बताइएको छ । रासस   

––––––––

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु