Sunday, 24 September 2017 12:17 pm, Nepal

सूर्योदय र हिमालको अवलोकन गरी नगरकोटबाट फर्किए चिनियाँ विदेशमन्त्री

रासस : 2014-12-26 11:08:02


भक्तपुर, ११ पुस :

तीनदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी नगरकोट बसेर आज बिहान काठमाडाँै फर्किनुभएको छ । बिहीबार काठमाडाँै आउनुभएका विदेशमन्त्री वाङ हिजो अपराह्न होटेल क्लब हिमालयनमा रात बस्ने गरी नगरकोट पुग्नुभएको थियो ।

    उहाँले आज बिहान क्लब हिमालयनबाट सूर्योदयका साथै यहाँबाट देखिने हिमालहरुको अवलोकन गर्नुभएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दिपक लामिछानेले जानकारी दिनुभयो । यसअघि हिजो साँझ उहाँले नगरकोटको भ्यूटावर गई करिब एकघण्टा हिमाल र सूर्यास्तको दृश्य अवलोकन गरी होटल फर्किनुभएको थियो । चिनियाँ विदेशमन्त्री वाङ नगरकोट पुगेपछि नगरकोटको सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु