Wednesday, 20 September 2017 06:44 pm, Nepal

मङ्गलमय सहकारीमा लाखौँ रुपैयाँ घोटाला

रासस : 2014-12-21 16:49:48


दमक, ६ पुस :

झापाको लखनपुर–१ स्थित मङ्गलमय बचत तथा ऋण सहकारी संस्थामा लाखौँ रुपैयाँ हिनामिना गरेको खुल्न आएको छ । निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकेपछि संस्थामा लाखाँै रुपैयाँ हिनामिना भएको घटना बाहिर आएको हो । निक्षेपकर्ताको रकम फिर्ता दिन नसकेपछि एक महिनादेखि संस्थाको लखनपुर–१ स्थित पाडाजुङीको कार्यालय बन्द रहेको छ ।
 कार्यालय बन्द भएपछि संस्थाका सयाँै सेयर सदस्यको सम्पत्ति थप जोखिममा परेको हो ।  स्रोतका अनुसार संस्थाको स्थापनाकालदेखि नै सञ्चालक समितिका अध्यक्ष चन्द्रमणि अधिकारी, सदस्य घनश्याम प्याकुरेल, व्यवस्थापक युवराज खड्कालगायतकाले संस्थाका सदस्यलाई प्रभावमा पारेर लाखौँ रुपैयाँ रकम नियमविपरीत लगेको खुल्न आएको हो । विसं २०६४ मा खोलिएको सो सहकारीले हालसम्म आउँदा संस्था आर्थिक रुपमा सबल हुनसमेत नसकेको अवस्थामा संस्थामा भएको आर्थिक बदमासीले सर्वसाधारणको निक्षेप जोखिममा पारेको छ ।

    संस्थाका निक्षेपकर्ता लखनपुर–१ का टेकनाथ अधिकारीले आफूले बचत गरेको रकमसमेत फिर्ता पाउन नसकेको बताउनुहुन्छ । संस्थामा आयो कार्यालय बन्द छ– उहाँले भन्नुभयो, “बचत कर्ताको रकम उठाउन कानुनी निकायमा जानुपर्ने स्थिति भएको छ ।”    संस्थामा हाल देखिएको आर्थिक अपचलन करिब रु ३० लाख रहेको उल्लेख छ । संस्थामा देखिएको अनियमितताको आर्थिक कारोबार बाहिर आएपछि संस्थाभित्र जोखिम सुल्झाउन पहल थालिएको बुझिएको छ ।

    संस्थाको फरक हिसाब मिलान गर्नका लागि सेयर सदस्य सन्तोष सापकोटाको संयोजकत्वमा एक उपसमिति गठन गरेर काम थालेको  बताइएको छ ।स्रोतका अनुसार संस्थाको आर्थिक बेमेलमा देखिएको विवरणअनुसार अध्यक्षले रु चार लाख ७८ हजार २७४, सदस्य घनश्याम प्याकुरेलले रु तीन लाख १८ हजार ६४०, व्यवस्थापक खड्काले रु १३ लाख ५४ हजार ८९०, स्मारिका सामुदायिक बोर्डिङ स्कुलले रु छ लाख ६३ हजार ५०० र विभिन्न सदस्यको नाममा रु एक लाख ८३ हजार ७५० दाबी छ ।

    संस्थाको बैठकबिना नै यत्तिको ठूलो रकम संस्थाको अध्यक्ष, व्यवस्थापकको मिलेमतोमा ऋण र सापटी भन्दै लिएको भनी खुलाइएको छ । रकम लिनेलेसमेत संस्थाको हिसाब फरफारक गर्ने लिखित रुपमा निर्णय गरेको पाइए पनि सहजै आरोपीले रकम बुझाएका छैनन् । तर संस्थाले औपचारिक रुपमा लगानी भने नगरेको स्वम् संस्थाका एक पदाधिकारी बताउँछन् । संस्थाका सचिव तेजप्रसाद उप्रेती संस्थाका अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा सेयर सदस्यको रकम अनधिकृत रुपमा घोटाला गरेको दाबी गर्नुहुन्छ ।

     “हामीले संस्थाको आर्थिक अवस्था खस्कँदो हुन थालेको थाहा पाएपछि संस्थालाई मर्ज गर्न थालेको अवस्थामा यस्तो हर्कत देखाप¥यो”, सचिव उप्रेतीले भन्नुभयो । उहाँले सञ्चालक समितिका केही साथी र लेखा समितिले रकम अपुग भएको हिसाब खोज्दा विभिन्न समय र नाममा पेस्की भन्दै रकम लिएको देखिएको बताउनुहुन्छ । संस्थाको रकम यसरी आफूखुसी लैजाँदा संस्था टाट पल्टिएको बताउँदै सचिव उपे्रती भन्नुहुन्छ, “जस–जसको नाममा बेरुजु रकम देखिन्छ, उनीहरुले अविलम्ब रकम फिर्ता गर्नुपर्छ ।” संस्थाको रकम फिर्ता नगरे कानुनी कारबाहीको बाटो समात्ने तयारीमा रहेको सचिव उप्रेतीको भनाइ छ ।

    सो संस्थामा २०५ जना सेयर सदस्यहरु छन् भने सेयर पुँजी रु १२ लाख र रु ४० लाख निक्षेप रहेको उल्लेख छ । तीमध्ये संस्थाले ऋण लगानी गरेको भनिएको करिब रु २२ लाख भए पनि असुलीसमेत प्रभावकारी नहुँदा संस्था झनै समस्यामा परेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु