Tuesday, 26 September 2017 04:54 pm, Nepal

कृषि मेलाबाट कृषक उत्साही

रासस : 2014-12-21 10:48:24


मुगु, ६ पुस :

सदरमुकाम गमगढीमा जिल्ला कृषि विकास कार्यालय मुगुको आयोजना र मुगु उद्योग वाणिज्य सङ्घ मुगुको सहआयोजनामा सञ्चालन भएको दुईदिने कृषि, वन र उद्योग मेलाले सहभागी कृषक खुसी भएका छन् । पन्ध्र विधामा ५०० कृषक सहभागी रहेको मेलामा ६० कृषकलाई पुरस्कृत गरिएको थियो ।  

मेलामा सहभागी कृषक मेलामा आफ्ना मेहनतले उत्पादन गरेका कृषि, वन तथा घरेलुजन्य वस्तु प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताउँछन् । मेलामा आफ्नो उद्योगमा उत्पादन गरेका जुस, जाम र स्याउको ब्रान्डीले राम्रो बजार पाएपछि र आफ्नो उत्पादन पुरस्कृत भएपछि आफूमा काम गर्ने थप हौसला मिलेको रारा जुस उद्योगका सञ्चालक हरिबहादुर ऐडी बताउनहुन्छ ।

    मेलामा राम्रै बिक्री र पुरस्कृत भएकामा मेलामा घरेलुजन्य उत्पादन राखेका श्रीनगर वडा नं ५ गमगढीका छोरतेन लामा पनि खुसी हुनुभएको छ  । लामा र ऐडी मात्र होइनन् मेलामा सहभागी सबै खुसी मुद्रामा देखिन्थे ।

    मेलामा कृषक तथा उद्यमीले कृषि समूहअन्तर्गत खेतगरामा उत्पादन भएका अन्नबाली, तरकारी, फलफूल र दाल तथा मसलाजन्य वस्तु, वन समूहअन्तर्गत विभिन्न जडीबुटी, घरमा उत्पादन गरिएका च्याउ र काठजन्य वस्तु, घरेलु उद्योगअन्तर्गत आयातीत कच्चापदार्थ प्रयोग गरेर बनेका वस्तु र स्थानीय कच्चापदार्थ प्रयोग गरी बनाइएका राडी, पाखी, लिउ, फेरेया, गदैचा, गलबन्दी, स्वेटर र ऊनीजन्य कपडा प्रदर्शनीमा राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु