Tuesday, 26 September 2017 04:57 pm, Nepal

सासूबुहारी झगडाले दुई घर खरानी

मेचीकाली : 2014-12-21 10:45:47


सोलुखुम्बु, ६ पुस :

सासूबुहारीको झगडाका कारण लोखिम वडा नं ७ सोलुखुम्बुमा दुई घर जलेर नष्ट भएका छन् । बुहारीसँगको झगडाका क्रममा सासूले घरमा आगो सल्काउँदा दुई घर जलेर नष्ट भएको स्थानीयवासी सामाजिक परिचालक उत्तरकुवीर राईले जानकारी दिनुभयो ।

    शनिबार दिउँसो करिब १ बजे भएको आगलागीबाट आमाछोरा पूर्णबहादुर तामाङ र सप्तकुमारी तामाङको घर जलेको हो । आगो नियन्त्रणमा लिन नसक्दा घरभित्र रहेका सबै लत्ताकपडा र अन्न जलेको छ । स्थानीयले दुई घरसहित सबै सम्पत्ति जलेर करिब सात लाखको क्षति भएको बताएका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरीलाई त्यसतर्फ खटाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु