dashain
Wednesday, 17 October 2018 04:04 pm, Nepal

कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रामप्रसाद अधिकारी पक्राउ

मेचीकाली : 2014-12-21 08:46:54


चितवन, ६ पुस :

गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारी हत्या आरोपमा चितवन प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । लामो समयपछि फरार भनिएका रामप्रसाद अधिकारीलाई काठमाडौंको बालाजुबाट हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले प्रहरी निरीक्षक रुगमबहादुर कुवँर नेतृत्वको टोलीले साँझ अधिकारीलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले पक्राउ गरिएका अधिकारीलाई आज चितवन ल्याईने जानकारी दिनुभयो । छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरणअनशनकै क्रममा नन्दप्रसाद अधिकारीले करिव तीन महिना अघि ज्यान गुमाएका थिए ।

उहाँकी श्रीमती गंगामाया अधिकारी भने अहिले उपचारको क्रममा अस्पतालमै रहेकी हुनुहुन्छ ।  घटना भएको लामोसमय पछि प्रहरी फेरी सक्रिय बनेर थप आरोपितलाई पक्राउ गरेको हो । चितवन जिल्ला अदालतले १३ जनाको नाममा वारेन्ट जारी गर्दा पक्राउ परेका अधिकारी फरारको सुचीमा थिए । चितवनको रत्ननगर नगरपालिकाबाट तत्कालिन नेकपा माओवादीले अधिकारीको जेठ २३ गते अपहरण गरि जेठ २४ गते गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु