Sunday, 24 September 2017 02:35 pm, Nepal

नाइट्रोजनको अभावमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावित

मेचीकाली : 2014-12-20 17:28:52


जनकपुरधाम, ५ पुस :

जिल्ला पशु सेवा कार्यालय धनुषामा पर्याप्तमात्रामा नाइट्रोजनको उपलब्धता नभएकाले पशुमा गरिने कृत्रिम गर्भाधान कार्यक्रम प्रभावित भएको छ । राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराबाट धनुषामा नाइट्रोजन आपूर्ति भए पनि मागअनुसारको नाइट्रोजन उपलब्ध हुन नसक्दा सो कार्यक्रम प्रभावित भएको पशु विकास अधिकृत रामपुकार ठाकुरले बताउनुभयो ।

जिल्लामा प्रतिमहिना ५०० लिटर तरल नाइट्रोजनको आवश्यकता भए पनि २०० देखि ३०० लिटरमात्र प्राप्त हुने भएकाले पशुमा गरिने कृत्रिम गर्भाधान कार्यक्रम प्रभावित हुन गएको हो । जिल्लामा १८ ठाउँबाट निजी तथा सरकारीस्तरमा पशुमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरिएको । दैनिक २० देखि २५ वटा पशुमा कृत्रिम गर्भाधान गरिने बताइएको छ । धनुषा जिल्लामा २०३२ साल देखि यो कार्यक्रम सञ्चालनमा आएपछि अघिल्लो पाँच वर्षको तुलनामा यो कार्यक्रमतर्फ किसान आकर्षित हुन थालेका छन् ।

जिल्लामा कुल भँैसीको सङ्ख्यामध्ये ७.५ प्रतिशत र कुल गाईको सङ्ख्यामध्ये १५.५९ प्रतिशतमा कृत्रिम गर्भाधान गरिने पशु चिकित्सक बरुण मल्लिकले बताउनुभयो । गाई तथा भैँसीमा नश्ल सुधार गरी दूधको उत्पादकत्व बनाउने उद्देश्यले सञ्चालित यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७०÷०७१ मा प्रासर सेवाअन्तर्गत आठ हजार २९९ गाईभँैसीमा र कृत्रिम गर्भाधान राष्ट्रिय अभियान कार्यक्रमअन्तर्गत एक हजार ७६३ गाईभँैसीमा कृत्रिम गर्भाधान गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७१÷२०७२ को प्रथम चौमासिक तथ्याङ्कलाई हेर्ने हो भने पशु सेवा प्रासर तथा राष्ट्रिय अभियान गरी तीन हजार २९२ गाईभैँसीमा यो सेवा प्रदान गरिएको छ । यो कार्यक्रमले धनुषामा पशुमा दूध उत्पाकत्व क्षमता बढे पनि दूधको मागलाई पूरा गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु