Tuesday, 26 September 2017 02:50 pm, Nepal

सहमतिमा संविधान जारी गर्न माघ ८ नै चाहिँदैन : भट्टराई

रासस : 2014-12-20 13:43:04


भक्तपुर, ५ पुस :

संवैधानिक–राजनीतिक संवाद समितिका सभापति एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिमा संविधान जारी गर्न माघ ८ कै मिति हुनुपर्छ भन्ने नभएको बताउनुभएको छ । आज मध्यपुरथिमिमा आयोजना भएको राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालको प्रथम भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले जनताको चाहनाअनुसारको संविधान जारी गर्न यही मिति नै हुनुपर्छ भन्ने छैन भन्नुभयो ।

    डा भट्टराईले भन्नुभयो, “अहिले जनताको संविधान बनाउन लागेको हो, बाजा बजाएर माघ ८ मै संविधान जारी गर्नुपर्छ भन्ने छैन, सबै कुरामा सहमति भए माघ ८ अघि या फागुन ८ मा पनि संविधान जारी गर्न सकिन्छ ।” माघ ८ मै संविधान जारी गर्नुपर्छ भनेर महत्वपूर्ण मुद्दाहरु छोडेर सहमति गर्न नसकिने बताउँदै उहाँले संविधान जारी गर्दा महत्वपूर्ण मुद्दालाई समेटेर जानुपर्नेमा जोड दिनुभयो ।

    सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, पहिचानजस्ता महत्वपूर्ण मुद्दामा सहमति नभई संविधान जारी गर्न नसकिने बताउँदै भट्टराईले भन्नुभयो, “माघ ८ मै संविधान जारी गर्नुपर्छ भनेर महत्वपूर्ण मुद्दालाई बिर्सिएर सहमति गर्न सकिँदैन, दलहरुबीच अझै पनि महत्वपूर्ण मुद्दामा पूर्णतः सहमति भएको छैन, सहमति गर्ने प्रयास निरन्तर जारी छ, सहमति बनेको खण्डमा माघ ८ भन्दाअघि या पछि जहिले पनि संविधान जारी गर्न सकिन्छ ।”आज पनि दुईवटा छलफल जारी रहेको बताउँदै उहाँले विभिन्न दलहरु, समिति र उपसमितिसँग सहमतिका लागि छलफल र पहल भइरहेको बताउनुभयो ।

    उहाँले छलफल र वार्ता निरन्तर जारी रहे पनि सकारात्मक विन्दुमा पुग्न नसकेकामा चिन्ता व्यक्त गर्दै सहमतिको विकल्प नभएको बताउनुभयो ।सहमतिको बाधक राजनीतिक दलहरु नभएर सहमति बिथोल्न बाहिरी तत्वले चलखेल गरेको दाबी गर्दै भट्टराईले भन्नुभयो, “सहमतिको प्रयास निरन्तर जारी छ, तर सहमति हुन नदिन दलभन्दा पनि बाहिरी तत्वको चलखेल गरेको छ, बाहिरी तत्वको चलखेलकै कारण सहमति बन्न सकिरहेको छैन ।”बाहिरी तत्व को हो, कुन शक्ति हो भन्ने किटान नगरे पनि उहाँले सहमति भाँड्न सक्रिय बाहिरी तत्वलाई परास्त गर्नुपर्ने औँल्याउनुभयो । भट्टराईले देशमा अहिले मानवअधिकारको अवस्था बिग्रँदो अवस्थामा रहेको आँैल्याउँदै संविधान जारी भएपछि मानवअधिकारको अवस्था पनि ठीक हुने टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु