Sunday, 24 September 2017 02:32 pm, Nepal

छोरी बलात्कार गर्ने पत्रकारलाई सजाय

मेचीकाली : 2014-12-19 13:44:32


विर्तामोड, ४ पुस :

आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापा, गौरादह घर भएका प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य रमेश पोखरेललाई २० वर्ष कैद सजाय भएको छ ।  झापा जिल्ला अदालतका न्यायाधीश रमेशकुमार खत्रीको एकल इजालसले पोखरेललाई हाडनाता, नाबालक र जबर्जस्ती करणीमा उक्त सजाय सुनाउँदै रु चार लाख क्षतिपूर्ति बिगो भराउने समेत फैसला गरेको हो ।     

विसं २०७० असोज १८ गते झापा जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बादीतर्फ सरकारी वकिल जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराई र प्रतिवादीका तर्फबाट कानुन व्यवसायी चित्रबहादुर मगरले मुद्दामा बहस पैरवी गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु