Sunday, 24 September 2017 12:26 pm, Nepal

बाह्रघन्टे सेवामा सेवाग्राहीको न्यून उपस्थिति

रासस : 2014-12-18 10:57:19


धनगढी, ३ पुस :

सेवाग्राहीको बढी चाप रहने सरकारी कार्यालयमा बिहान ६ बजेबाट सेवा सुचारु गरिएपनि मालपोत कार्यालय कैलालीका कर्मचारी बिहानको समयमा कामविहीन बनेका छन् । झिसमिसे उज्यालोमा कार्यालयमा पुग्ने मालपोत कार्यालयका कर्मचारी सेवाग्राही नआएपछि कामविहीन बनेका हुन् ।

    “बिहान ८ बजेपछि मात्रै दुई÷चार जना सेवाग्राही सेवा लिन आउने गरेका छन्’–मालपोत कार्यालयका नायब सुब्बा मीनराज पाठकले भन्नुभयो ।    सरकारी सेवा सहजरुपमा छिटो छरितो ढङ्गबाट उपलब्ध गराउन बिहान कार्यालय सुचारु गर्ने नीति उचित भएपनि अपेक्षाकृतरुपमा सेवाग्राही नआउँदा भने पुस  महिनाको कठ्याङ्ग्रिने जाडोमा कर्मचारीहरूले हैरानी खेप्नुपरेको कतिपय कर्मचारीको गुनासो छ ।

      नापी कार्यालय कैलालीबाट बिहानको समयमा पुस १ गते एक जनाले सेवा लिएकामा २ गते बिहान ७ देखि १०ः० बजेसम्मकोे समयमा आठ जनाले सेवा लिएका छन् । त्यस्तै आज बिहान ८ बजेसम्म चारजना सेवा लिन आइपुगेको बताइएको छ ।

    पुस महिनाको कठ्याङ्ग्रिने जाडोमा कामको बढी चाप रहने कार्यालय बिहान ६ बजेबाट सञ्चालन गरिएकाले पनि सेवाग्राहीको कार्यालयमा उपस्थिति न्यून रहेको कतिपयको भनाइ छ ।

    सेवाग्राहीलाई सहज र छिटो छरितो ढङ्गबाट सेवा दिने सरकारको मनसाय उचित रहेको भएपनि सेवा छिटो र सहज ढङ्गबाट दिने नाममा झिसमिसे उज्यालोमै कार्यालय सञ्चालन गरेर सेवा दिने समय विस्तार गर्नुभन्दा सेवा पाउन लाग्ने समयमा ध्यान दिँदै कार्यालयमा सेवा दिने परम्परागत शैली र व्यवहारलाई समयानुकूल परिवर्तन गरी वैज्ञानिक र व्यवस्थित गर्नुपर्ने धारणा सेवाग्राही शिवदत्त भट्टको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु