Tuesday, 26 September 2017 04:55 pm, Nepal

बलात्कारका अभियुक्त ढकाललाई दस वर्ष जेल सजाय

मेचीकाली : 2014-12-17 16:52:38


पोखरा, २ पुस :

कास्की जिल्ला अदालतले बलात्कारका अभियुक्त दण्डपाणि ढकाललाई १० वर्ष जेल सजाय सुनाएको छ । जिल्ला न्यायाधीश रामप्रसाद ओलीको एकल इजलासले अभियुक्त ढकाललाई मङ्गलबार जेल सजायका साथै पीडित महिलालार्ई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

गोर्खा आरुपोखरी स्थायी घर भई लेखनाथ नगरपालिकाको भण्डारढिकमा रहेको जनप्रकाश उमाविमा शिक्षकका रूपमा कार्यरत ढकालले सोही विद्यालयमा अध्ययनरत दृष्टिविहीन एक छात्रालाई बलात्कार गरेपछि पीडितले गत भदौ ३१ गते अदालतमा किटानी जाहेरी दिएकी थिइन् ।निःशुल्क कानुनी सहयोग गर्दै आएको कानुनी सहयोग तथा परामर्श केन्द्र कास्कीका तर्पmबाट  अधिवक्ताद्वय शोभा पौडेल र सरिता थापाले पीडितको पक्षबाट बहस गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु