Tuesday, 26 September 2017 11:54 pm, Nepal

सौर्यको भद्रपुर उडान पुस ३ गतेदेखि

मेचीकाली : 2014-12-14 17:49:46


झापा, २८ मंसिर :

सौर्य एयरलाइन्सले यही डिसेम्बर १८ तारिक अर्थात् पुस ३ गतेदेखि झापाको भद्रपुर विमानस्थलबाट आफ्नो नियमित हवाई सेवा सुरु गर्ने भएको छ । नेपालमै पहिलोपटक सौर्य एयरलाइन्सले भित्र्याएको सिआरजेट २०० इन्जिन नामक ५४ सिटे विमानबाट भद्रपुरमा दैनिक उडान सेवा सुरु गर्न लागेको हो ।

    पहिलो चरणका लागि सौर्य एयरलान्इसले काठमाडाँै–भद्रपुर–काठमाडाँैका लागि दैनिक एउटा विमानबाट आफ्नो सेवा सुरु गर्न लागेको बताइएको छ । यसअघि यस एयरलाइन्सले काठमाडौँदेखि विराटनगर र भैरहवामा आफ्नो सेवा सुरु गरिसकेको छ, भने भद्रपुरपछि नेपालगन्ज र धनगढीमा आफ्नो सेवा सुरु गर्ने तयारी भइरहेको बताइएको छ ।

    शनिबार विराटनगर हँुदै भद्रपुुर विमानस्थलमा पहिलोपटक सौर्य एयरलाइन्सले आफ्नो नयाँ विमान परीक्षणका लागि अवतरण गरेको थियो । अवतरण सफल भएपछि खुसी व्यक्त गर्दै पत्रकारसमक्ष सौर्य एयरलान्इसका अध्यक्ष दीपक पोखरेलले उक्त जानकारी गराउनुभएको थियो ।

    सौर्य एयरलाइन्सले दुईवटा विमानबाट आफ्नो पहिलो हवाई सेवा विराटनगरबाट सुरुवात गरेको बताउँदै तेस्रो विमान भद्रपुरमा अवतरण गर्न लागेको हो । अध्यक्ष पोखरेलले भन्नुभयो, “आफू पनि भद्रपुरवासी भएकाले भद्रपुरमा केही दिनका लागि एउटा विमानबाट सेवा दिँदै आए पनि चाँडै दैनिक दुईवटा विमान सञ्चालनमा ल्याउने आफ्नो सोच रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु