Saturday, 23 September 2017 06:04 am, Nepal

प्रहरी कार्यालय छेउ बम फेला

मेचीकाली : 2014-12-14 16:27:54


दमक, २८ मंसिर :

दमकस्थित इलाका प्रहरी कार्यालय छेउ एउटा बेवारिसे कुकर बम फेला परेको छ । कार्यालयको पछाडि रहेको पर्खालको झाडीमा बम फेला परेपछि ती क्षेत्रका बासिन्दा आतङ्कित भएका छन् । आज बिहान ११ः३० बजेतिर बम फेला परेको प्रहरीले जनाएको छ ।

सो कुकर बम निष्क्रिय गर्न झिलझिलेस्थित नेपाली सेनाको एक टोली आउने तयारी भएको इप्रका दमकका डिएसपी रविकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले अहिले त्यस क्षेत्रमा आउजाउ गर्न रोक लगाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु