Sunday, 24 September 2017 02:34 pm, Nepal

घाँस काट्न गएकी महिला मृत फेला

मेचीकाली : 2014-12-12 11:13:00


 खोटाङ, २६ मंसिर :

घाँस काट्न गएकी खोटाङकी एक महिला मृत फेला परेकी छन् । जिल्लाको दक्षिणी गाविस सावाकटहरे–३ की ३१ वर्षीया खुसमायाँ भुजेल बिहीबार साँझ मृत फेला परेकी हुन् । शारीरिक रूपमा अपाङ्गता भएकी खुसमायाँ बिहान घाँस काट्न जङ्गल गएको पारिवारिक स्रोतले जनाएको छ ।

बिहान सबेरै उठेर घाँस काट्न भन्दै घरबाट हिँडेकी उनी दिनभर घर नआएपछि खोजी गर्दा नागी भन्ने ठाउँमा मृत फेला परेको स्थानीयले जनाएको छ । घटनाका बारेमा यकिन जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । खरेलका अनुसार खुसमायाँको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु