Tuesday, 26 September 2017 11:59 pm, Nepal

छोराको कुटाइबाट बाबुको ज्यान गयो

मेचीकाली : 2014-12-10 14:42:08


सोलुखुम्बु, २४ मंसिर :

सोलुखुम्बुको नेचा बेतघारीमा आफ्नै छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । नेचा बेतघारी–८ निवासी ७१ वर्षीय बाबु चक्रबहादुर राईलाई उनकै माइलो छोरा ३८ वर्षीय टेकबहादुर राईले आग्लो प्रहार गरेपछि मृत्यु भएको हो ।

मङ्गलबार बिहान घरायसी विवाद भएपछि छोराको आग्लो प्रहारबाट गम्भीर घाइते बनेका चक्रबहादुरलाई उपचारका लागि मङ्गलाबर दिउँसो हेलिकोप्टर चार्टर गरी काठमाडौँ लगिएको थियो । उनको उपचारको क्रममा काठमाडाँैस्थित शिक्षण अस्पातालमा मङ्गलबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

 आग्लो प्रहार गर्ने छोरा टेकबहादुरलाई पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु