Tuesday, 26 September 2017 02:54 pm, Nepal

लक्ष्मण केसीलाई योङ्ग स्टार फाउण्डेसनको सहयोग

मेचीकाली : 2014-12-10 08:17:00


आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसकेका मृगौलापिडित काभ्रेको शंखुपार्टीचौर–१ का लक्ष्मण केसीको उपचारको लागि विदेशमा रहेका नेपाली युवाहरुले सहयोग गरेका छन् । बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया, कतारलगायतका देशमा पुगेका नेपाली तथा काभ्रेका युवाले सहयोग संकलन गर्दै केसीको उपचारका लागि आर्थिक सहयोग जुटाएका छन् ।

नेपाल योङ्ग स्टार फाउण्डेशनको संयोजकत्वमा संकलन गरिएको उक्त रकम मंगलबार एक कार्यक्रमकाबीच सभासद् रामहरि सुवेदी, काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले संयुक्त रुपमा केसीलाई चेक हस्तान्तरण गरेका थिए । मृगौला प्रत्यारोपणका लागि आवश्यक पर्ने करिब साढे पाँच लाख रुपैँयामध्ये दक्षिण कोरिया तथा अन्य देशमा रहेका नेपाली युवाहरुले संकलन गरेको तीन लाख ७४ हजार ८ सय २४ रुपैँयाको चेक हस्तान्तरण गरिएको हो ।

लामो समयदेखि दुवै मृगौलाले काम गर्न छोडेपछि केसीले आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन सकेका थिएनन् । नेपाल योङ्ग स्टार फाउण्डेशन तथा काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले केसीका तीन जना बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने भएको छ । फाउण्डेशन र समाजले उनीहरुका लागि आवश्यक पर्ने स्टेशनरी, पुस्तकलगायतका सामाग्रीहरु उपलब्ध गराउने भएको छ । कार्यक्रममा फाउण्डेशनका सल्लाहकार तथा नेपाल कोरिया सांस्कृतिक मञ्चमा अध्यक्ष अक्कल लामाले केसीको एक जना बच्चाको शिक्षाको लागि मासिक दुई हजार रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सभासद् सुवेदी र प्रमुख जिल्ला अधिकारी न्यौपानेले फाउण्डेशनको समन्वयमा संकलित रकम केसीलाई हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे । उनीहरुले हस्तान्तरण गरिएको रकमबाट केसीको उपचारका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष यमप्रसाद श्रेष्ठले फाउण्डेशले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए । कार्यक्रममा अनाथ असहाय संरक्षण कोषका सदस्य दिपक चापागाँई, गाविस सचिव ध्रुर्वबहादुर श्रेष्ठ, आईसिडि नेपाल बनेपाका अध्यक्ष माधव श्रेष्ठलगायतले फाउण्डेशनको कामको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु