Friday, 22 September 2017 05:36 pm, Nepal

मौरीकृषकले गरे छ करोड आम्दानी

रासस : 2014-12-08 16:55:56


जुम्ला, २२ मंसिर :

जिल्ला कृषि विकास कार्यालय जुम्लाले यसवर्ष मौरी कृषकले रु ६ करोड बराबरको आम्दानी गरेको जनाएको छ । जिल्लाका विभिन्न गाविसमा गरिएको तथ्याङ्क सङ्कलन अनुसार मौरी किसानका ३० हजारदेखि ४० हजार मौरीका घार रहेका छन् ।

एउटा घारमा मात्र सरदर पाँच केजी मह उत्पादन हुन्छ । जिल्लामा दुई लाख केजीसम्म मह उत्पादन गरिएको बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । अधिकृत बुढाका अनुसार दुई लाख केजीमा करिब ७५ हजार केजी मात्र मह बेचे पनि जुम्लाका किसानले करिब रु ६ करोड आम्दानी गरेको तथ्याङ्क निस्कन्छ ।  जुम्लाका सबैजसो गाविसका किसानले मौरी पाल्ने गर्दछन् । यसरी मौरी पालनबाटै ग्रामीण क्षेत्रका जनताले राम्रो आम्दानी लिएका छन् । उनीहरुका लागि मह जीवननिर्वाह र आम्दानीको प्रमुख स्रोत पनि बनेको छ । यसका लागि कृषि विकास कार्यालयले उन्नत् घार बनाउने कार्यक्रमलाई पनि जोड दिँदै आएको बाली संरक्षण अधिकृत बुढाले बताउनु भयो ।

     जुम्लेली किसानका लागि स्याउ, मह, सिमी, आलु, ओखर आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पछिल्लो समयमा कृषि विकास कार्यालयले किसानलाई आकर्षक खालका कार्यक्रम पनि सञ्चालन गरी सबै थोक स्वदेशमै छ भन्ने कुरा सिकाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु