Sunday, 24 September 2017 02:34 pm, Nepal

अमेरिकन परेडमा नेपाली सांस्कृतिक झाकीको प्रदर्शन

मेचीकाली : 2014-12-07 08:20:46


विजय थापा

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा हरेक बर्ष क्रिसमस(ईसाई दिवस )को अवसरमा मनाईने परेडमा अमेरिकाको जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटीले आफ्नो पहिचान, नेपाली संस्कृती र भेषभुषालाई झल्काउदै बिभिन्न देशका सांस्कृतिक झाँकी साथ सहभागिता जनाएको छ l उक्त सांस्कृतिक जुलूसमा अमेरिका नेपाल सोसाईटीका सभापति जीवन तिवारीको नेतृत्वमा समितिका सदस्य तथा अन्य अतिथिहरुको सहभागिता रहेको थियो l

उक्त परेडमा पुरुषहरुले दौरा सुरुवाल ,महिलाहरुले रातो फरिया र नेपालको झन्डा सहित पहिलो पटक उक्त सांस्कृतिक झाँकीमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको सभापति तिवारीले बताए l

उक्त सांस्कृतिक परेडमा बिभिन्न देशका गरि १ सय १० समुहहरुको सहभागिता रहेको थियो भने उक्त जुलूसमा नेपालका चर्चित गीतहरु आंधी खोला उर्लेर आउदा ,च्यान्गबा है च्यान्गबा तथा अन्य गीत घन्काई शहर परिक्रमा गरिएको थियो l उक्त परेडमा ३५ बर्ष अगाडी नेपालको भ्रमण गरेका अमेरिकन रेडक्रसका एक स्वयम् सेवकले नेपालको झन्डा र जुलूसमा सहभागिता हुन् आएका नेपालीहरु देख्दा नेपाल देश बिश्व कै उत्कृष्ट पर्यटन देश भएको आफुलाई लागेको सभापति तिवारीलाई बताएका थिए l र, उक्त परेडमा सहभागी हुने सबैलाई सभापति तिवारीले धन्यबाद दिएका थिए l

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु