Wednesday, 20 September 2017 06:39 pm, Nepal

नारायणगोपालको स्मृति दिवस मनाइदै

मेचीकाली : 2014-12-05 08:42:29


काठमाडौं, १९ मंसिर :

स्वरसम्राट नारायणगोपालको आज २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । देशभर उहाँको सम्झनामा  बिभिन्न कार्यक्रमहरु गरिदैछ  । विक्रम संवत १९९६ मा बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौमा जन्मिएका गायक नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

 १ सय ५७ वटा नेपाली गीत गाएका नारायणगोपाल नेपालका सबैभन्दा सफल आधुनिक गायक हुनुहुन्छ । सर्वोत्तम संगीतकार, सर्वोत्तम गायक, रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु, चौथो लगायत थुप्रै पुरस्कारबाट स्वर सम्राट नारायण गोपाललाई सम्मान गरिएको छ । घरमा सांगितिक वातावरण्ँमा हुर्केका नारायण्ँगोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराउनुभएको थियो ।

उहाँका एउटा मान्छेको मायाले कति ‘मलाई नसोध कहा दुख्छ घाउ,   दुईटा फुल देउरालीमा, जुन फुल मैले रोजेको थिए कसैले टिपेछ,   पखि र्बसे आउला भनी    लगायतका थुप्रै गीत अहिलेपनि लोकप्रिय छन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु