Saturday, 23 September 2017 05:46 am, Nepal

मलेसियामा ज्यान गुमाएका एक युवाको शव अस्पतालमै अलपत्र

मेचीकाली : 2014-12-03 17:50:05


नुहाउने क्रममा चिप्लिएर मलेसियामा ज्यान गुमाएका खोटाङका एक युवाको शव अस्पतालमै अलपत्र परेको छ । गत मङ्सिर २ गते बाथरुममा लडेर ज्यान गुमाएका माक्पा–३ बेप्लाका २१ वर्षीय खुशीमान राईको शव अस्पतालमै अलपत्र परेको हो ।

मलेसियाको जोहोरबाहरूमा रहेको रिल कम्पनीमा कार्यरत खुशीमानलाई लडेलगत्तै साथीले अस्पताल लाने क्रममा बाटैमा ज्यान गएको थियोे । रोजगारीको सिलसिलामा छ महिनाअघि मलेसिया पुगेका खुशीमानको शव परीक्षण गरेर आफन्तलाई जिम्मा नलगाएका कारण अलपत्र परेको उनका साथी प्रदीप राईले जानकारी दिनुभयो । ऋण काढेर मलेसिया पुगेका राईको छ महिना नबित्दै उतै ज्यान गएपछि आफूहरूको विचल्ली भएको परिवारले जनाएको छ । कार्बन ओभरसिज कम्पनी काठमाडौँमार्फत मलेसिया पुगेका मृतक राईको आमा, चार दिदी र एक दाजु छन् ।

दाजु हाल मलेसियामा नै कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु