dashain
Wednesday, 17 October 2018 01:13 am, Nepal

बर्दियामा रात्रीबस दुर्घटना हुँदा २ जनाको मृत्यु

मेचीकाली : 2014-12-03 08:45:11


वर्दिया, १७ मंसिर :

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बर्दियाको रम्मापुर ब्यारेकनजिक बुधबार बिहान भएको यात्रुबहाक बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख १३०७ नम्बरको बस बिहान चार बजेतिर मगरागढी ८ रम्मापुर ब्यारेक नजिक दुर्घटना भएको हो । घाइतेको कोहलपुर मेडिकल कलेज बर्दियामा उपचार भइरहेको छ । कुहिरोका कारण बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । बसका दुईजना चालकमध्ये एकजना फरार छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु