Tuesday, 26 September 2017 11:17 am, Nepal

जुम्लामा खस सङग्रहालय स्थापना हुने

मेचीकाली : 2014-12-03 08:37:16


जुम्ला, १७ मंसिर :

नेपाली खस भाषाको उद्गमस्थल जुम्लामा खस सङग्रहालयको स्थापना हुने भएको छ । चन्दननाथ र भैरबनाथ मन्दिरको दिगो संरक्षण र सम्बद्र्धनका विषयमा छलफल गर्न जुम्ला आउनु भएका पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जुम्लामा खस सङग्रहालय स्थापना हुने जानकारी दिनुभयो ।

यसै वर्षदेखि काम सुरु हुने बताउँदै उहाँले बिभागले २० लाख रुपैंयाँ बजेट बिनियोजन गरिसकेको बताउनुभयो । नेपाली खस भाषको संरक्षण सम्वद्र्धन तथा खस संस्कृतिको प्रचार प्रसारका लागि सङग्रहालय बन्न लागेको उहाँको भनाइ छ ।

सङग्रहालय जुम्लाको सिंजा या सदरमुकाम कहाँ स्थापना गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताउँदे उहाँले सबैको सहमतिका आधारमा स्थान तोकिने बताउनुभयो । सिंजा क्षेत्रलाई खस भाषाको उद्गम स्थल मानिएकोले बिभागले अवलोकन गरेर स्थान तोक्ने महानिर्देशक भेषनारायण दाहालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु