Tuesday, 26 September 2017 12:36 am, Nepal

शिक्षकविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता

मेचीकाली : 2014-12-02 15:48:36


झापा, १६ मंसिर

: होस्टलमा बसेर अध्ययन गर्दै आएका एक विद्यार्थीमाथि यौन दुव्र्यवहारको प्रयास गरेको आरोपमा न्युटन एकाडेमी बिर्तामोडका एक शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोेडले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ ।

    न्यूटन एकाडेमीका ३२ वर्षीय शिक्षक सुप्रियो दासले सोही विद्यालयको कक्षा १० मा अध्ययनरत एक छात्रालाई पटकपटक यौन दुव्र्यवहारको प्रयास गर्ने गरेको उजुरीका आधारमा पक्राउ मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

    भारतको सिलगढी घर भएका दास दुई वर्षदेखि सो विद्यालयमा कार्यरत रहेको बताइएको छ । उनी यही मङ्सिर ८ गते पक्राउ परेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु