Tuesday, 26 September 2017 11:57 pm, Nepal

एमाओवादीे संविधान निर्माणको बाधक–देउवा

मेचीकाली : 2014-12-01 10:30:30


झापा, १५ मंसिर :

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत नेकपा (माओवादी)ले विभिन्न बखेडा झिकेर संविधान निर्माणमा बाधा पु¥याएको आरोप लगाउनुभएको छ ।

    नेपाल दलित सङ्घ इलामको आयोजनामा हुन लागेको पार्टीको अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन झापा आइपुग्नुभएका नेता देउवाले आज बिहान बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै समयमा नै लोकतान्त्रिक संविधान जारी गर्ने सवालमा हामी लचिलो भएका छौँ तर एमाओवादी आफ्नै अडानमा रहेकाले सहमति हुन नसकेको बताउनुभयो । ं

    संविधान जारी गर्ने मिति अझै दुई महिना बाँकी रहेकाले विवादित मुद्दालाई सहमति र सहकार्यमा अघि बढाउँदै माघ ८ मै संविधान जारी हुने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु