Friday, 22 September 2017 05:39 pm, Nepal

सडक दुर्घटना रोक्न सडकमै हवन

मेचीकाली : 2014-12-01 10:28:37


भक्तपुर, १५ मंसिर :

अरनिको राजमार्गअन्तर्गत सल्लाघारी क्षेत्रमा सडक दुर्घटना बढेपछि त्यसको न्यूनीकरणका लागि स्थानीय महिलाले रुद्री हवन पूजा गरेका छन् । सल्लाघारी क्षेत्रमा मात्र विगत तीन महिनामा पाँचजनाको मृत्यु भइसकेको छ ।

सडक दुर्घटना न्यूनीकरण्का लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि घटनामा कमी नआएकाले धार्मिक विधि र परम्पराअनुसार सडकको ग्रह शान्तिका लागि पूजा आयोजना गरिएको जनजागृति महिला समूहका अध्यक्ष भागिरथा सिटौलाले जानकारी दिनुभयो ।

    सल्लाघारी क्षेत्रमा दुर्घटनामा मृत्यु भएकाको आत्माले शान्ति नपाएर पनि दुर्घटना बढेको हो कि भन्ने महिला समूहको ठम्याइ भएकाले पनि हवनको आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“घरको गृह शान्तिपछि घरमा शान्ति भए जस्तै सडकको ग्रह शान्तिपछि दुर्घटनामा कमी आउने विश्वासले हवनको आयोजना गरिएको हो ।” रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु