Wednesday, 20 September 2017 06:37 pm, Nepal

कैलाली दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

मेचीकाली : 2014-11-29 17:52:01


कैलाली, १३ मंसिर :

कैलालीको सहजपुर गाविस वडा नम्बर २ खाँनीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा मृत्यु भएका १२ जना सबैको सनाखत भईसकेको छ ।

मृत्यु हुनेमा डोटीको डौड गाविसका ५२ वर्षीया विस्ना भण्डारी, ४० वर्षीया टिपुरी नागरी, ३५ वर्षीया तुली नागरी, ४० वर्षका रेनुवा नागरी, ३० वर्षका टेकबहादुर बोगटी, वर्ष ४० का जम्मबहादुर भण्डारी, वर्ष ४० का विरे लुहार रहेका छन् ।

त्यसैगरी डोटीको गगुडाका ३३ वर्षका प्रेमबहादुर कामी, बासुदेवीका ढुल्ले नेपाली, देवुली नेपाली, सागर नेपाली र कलु नागरी रहेको प्रहरीले जनाएको छ । डोटीको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आईरहेको महाकाली यातायातको ना ५ ख ५४२० नम्बरको यात्रुबाहक बस आज बिहान १ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा ८ जनाको घटनास्थलमा र अन्य ४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका मध्ये नौ जनाको पद्मा अस्पताल, १४ जनाको सेवा नर्सिङ होममा उपचार भैरहेको छ भने ६ जनालाई थप उपचारका लागि भारत रिफर गरिएको छ । फरार रहेका चालक कञ्चनपुर भासीका जनकराज गिरीलाई प्रहरीले खाँनीडाँडाबाटै पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु