Tuesday, 26 September 2017 04:57 pm, Nepal

कैलाली बस दुर्घटनाका मृतक मध्ये सातजनाको सनाखत

मेचीकाली : 2014-11-29 13:54:26


धनगढी, १३ मंसिर : 

धनगढी–डडेलधुरा  अर्थात भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलाली जिल्ला सहजपुर गाविस–२ को सडकखण्डमा गएराति भएको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये सातजनाको सनाखत भएको छ ।

दुर्घटनामा परी डोटी जिल्ला दौड गाविस–१ की ३० वर्षीया तिपरी नागरी, वडा नं २ की ५० वर्षीया बिस्ना भण्डारी, डोटीकै गोबुढा–४ का ३२ वर्षीय प्रेम विक, दौड गाविस–१ का ४० वर्षीय रिनुवा नागरी र निजकी श्रीमती वर्ष ३० की तुल्सी नागरी, वर्ष ३५ का बिरे लुहार र दौड गाविस–४ का अन्दाजी ३५ वर्षका टेकबहादुर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक थप चारजनाको सनाखत हुन बाँकी रहेको छ ।

बस दुर्घटनामा परी घटनास्थलमै आठजनाको र उपचारका क्रममा तीनजनासमेत गरी ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुको शव सेती अञ्चल अस्पताल धनगढीमा पु¥याई सनाखत गर्ने कार्य भइरहेको छ । दुर्घटनाका घाइतेमध्ये नौजनाको अवस्था सिकिस्त रहेको छ ।

घाइतेमध्ये नौजनालाई पद्मा अस्पतालमा, १३ जनालाई सेवा नर्सिङ होम अत्तरिया (कैलाली)मा भर्ना गरिएको छ भने सातजनालाई थप उपचारका लागि भारतको हल्व्दानीतर्फ पठाइएको छ । उक्त बसमा ४० यात्रु सवार रहेको प्रहरीले बताएको छ ।

डोटीबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५४२० नं को महाकाली यातायातको उक्त बस सडकबाट झन्डै १५० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको थियो । बस दुर्घटनामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु