Tuesday, 26 September 2017 11:55 pm, Nepal

अपडेट : कैलाली दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

मेचीकाली : 2014-11-29 08:04:28


दुई दर्जन भन्दा बढी घाइते
कैलाली, १३ मंसिर :

डोटीको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगर आईरहेको यात्रुबाहक बस आज राती कैलालीको सहजपुरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ना ५ ख ५४२० नम्बरको बस सहजपुर गाविस वडा नम्बर २ खाँनीडाँडामा दुर्घटना भएको छ ।

 दुर्घटनामा ८ जनाको घटनास्थलमा मृत्यु भएको हो भने ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुने मध्ये २ जनाको मात्रै सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । मृत्यु हुनेमा डोटीको दौड गाविसकी ५२ वर्षीया बिस्ना भण्डारी र ३२ वर्षीया तिउरी नागरी रहेका छन् । घाईतेहरुको अत्तरियास्थित पद्मा अस्पताल र सेवा नर्सिङ होममा उपचार भैरहेको छ । पद्मा अस्पतालले ३ जना गम्भीर घाईतेलाई थप उपचारका लागि भारत रिफर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु