Sunday, 24 September 2017 02:34 pm, Nepal

विवाह पञ्चमी महोत्सव आज

मेचीकाली : 2014-11-27 08:40:36


जनकपुरधाम, ११ मंसिर :

प्राचिन मिथिलाको राजधानी ऐतिहासिक तथा धार्मिक नगरि जनकपुरमा जारी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज भगवान राम र माता सिताको स्वयंबर गरिने भएको छ । दिउंसो जानकी मन्दिरको प्रांगनबाट गाजाबाजाका साथ निस्किने झांकीसहितको टोली ऐतिहासिक रंगभुमि मैदान बाह्विघा पुगेर राम र सिताको स्वयंवर हुनेछ ।

आज राम मन्दिरबाट रामजीको डोला र जानकी मन्दिरबाट किशोरीजीको डोलालाई बाह्रविघा मैदानमा लगेर स्वयवंर गर्ने परम्परा रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जानकारी दिनुभयो । विवाह पंचमी महोत्सवलाई लिएर जनकपुरको विभिन्न मठ मन्दिरहरुलाई दुलही झै सजाइएको छ भने साँझ पख हरेक मठ मन्दिरमा वैवाहित गीतमा नाचगान हुने गरेको छ । विवाह पंचमीका लागि अहिले जनकपुरमा श्रद्धालुहरुको आउने क्रम बढेको छ ।

महोत्सवलाई लिएर नगरको मुख्य आकर्षणको केन्द्र जानकी मन्दिरलाई बेहुली झै सिंगारिएको छ । आज हुने रामजानकी विवाह महोत्सवमा सहभागी हुन लाखौंको संख्यामा नेपाल तथा भारतबाट तिर्थालुहरु जनकपुर आउने क्रम जारी रहेको छ । मिथिला परम्परा अनुसार मनाइने रामजानकी विवाह महोत्सवको अवलोकन गर्न प्रत्येक वर्ष लाखौको संख्यामा तिर्थालुहरु जनकपुर आउने गरेका छन् । यस पटक अयोध्याबाट विशेष जन्तीहरु सहभागि भइरहेकोले विवाह महोत्सवलाई झनै महत्व दिइएको छ । भारतको अयोध्याबाट पछिल्लो तीनवर्षदेखि हरेक पांच वर्षमा साधु संतको रुपमा विशेष जन्ती आउने गरेका छन् । महोत्सवलाई लिएर जनकपुरको सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु