Tuesday, 26 September 2017 04:56 pm, Nepal

प्रथम महिलाहरु भक्तपुरको अवलोकनमा

मेचीकाली : 2014-11-27 08:38:49


भक्तपुर, ११ मंसिर :

सार्क राष्ट्रमा प्रमुखहरु धुलिखेल गएपछि प्रथम महिलाहरु भक्तपुरको दरबार क्षेत्र अवलोकनमा जाँदैछन् । विश्व सम्पदा सुचीमा रहेको भक्तपुर दरबार क्षेत्रका अवलोकनका लागि नेपालका प्रथम महिला सुजाता कोइरालाले लैजान लाग्नु भएको हो ।

भक्तपुरमा उहाँहरुलाई परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुईंटेललेको टोलीले स्वागत गर्नेछ । उहाँहरुको सुरक्षाका लागि भक्तपुरसम्म पुग्ने मुख्य सडकमा पनि अरु सवारी आवागमन बन्द गराइने जनाइएको छ । उहाँहरु मध्यान्हमा फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु