Tuesday, 26 September 2017 04:56 pm, Nepal

पाँच राष्ट्र/सरकार प्रमुख पहिलोपटक शिखर सम्मेलनमा सहभागी

मेचीकाली : 2014-11-26 09:45:03


काठमाडौँ, १० मङ्सिर :

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सहभागी पाँच सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुख पहिलोपटक शिखर सम्मेलनमा भाग लिँदै हुनुहुन्छ । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम र नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सार्क शिखर सम्मेलनमा पहिलोपटक सहभागी भई सम्बोधन गर्दै हुनुहुन्छ ।

    बङ्गलादेशका प्रधानमन्त्री शेष हसिना, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष यसअघि नै शिखर सम्मेलनमा सहभागी भइसक्नुभएको छ । उद्घाटनअघि सार्क सङ्गठन र सम्मेलनमा सहभागी राष्ट्रप्रमुख÷सरकार प्रमुखका शब्दचित्र (प्रोफाइल) प्रस्तुत हुनेछ ।

    राष्ट्रिय सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री कोइरालाले गर्नुहुनेछ । अहिले सम्मेलनस्थलमा विशिष्ट पाहुनाको आउने क्रम जारी छ । सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ रहेको छ । माल्दिभ्सका राष्ट्रपति गैयुमले सार्कको अध्यक्षको जिम्मेवारी प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुहुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु