Wednesday, 20 September 2017 06:38 pm, Nepal

सुरु भयो सार्कको १८ औं शिखर सम्मेलन

मेचीकाली : 2014-11-26 09:41:55


प्रधानमन्त्रीले गरे उदघाटन
काठमाडौं, १० मंसिर :

‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ आजदेखि कठमाडौंमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औँ शिखर सम्मेलन सुरु भएको छ । राष्ट्रिय सभागृहमा भएको विशेष समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनको उद्घाटन गरेका छन् ।

सुरुमा माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन अब्दुल गैयुमले सार्कको अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेपछि कोइरालाले पानसमा वत्ती बालेर सम्मेलनको उद्घाटन गरेका हुन् । अब पालैपालो सार्क राष्ट्रका सरकार र राष्ट्र प्रमुखले सम्मेलनमा संवोधन गर्नेछन् भने त्यसपछि पर्यवेक्षक मुलुकका प्रतिनिधिले संवोधन गर्नेछन् । आज विभिन्न सम्झौतामा हस्ताक्षर हुँदै दिउँसो २ बजेर ५० मिनेटमा आजको कार्यक्रम समापन हुनेछ । सार्क स्थापनाको तीन दशकको अन्तरालमा नेपाल तेस्रोपटक शिखर सम्मेलनको आयोजक मुलुक बनेको छ ।

 १३ वर्षपछि नेपाल आयोजक बनेका कारणले पनि होला तयारीका क्रममा अहोरात्र खटेर नेपालले आफ्नो आतिथ्यता र व्यवस्थापकीय कुशलता प्रदर्शनको जमर्काे गरेको छ । नेपालले १३ वर्षअघि २०५८ पुस २१–२२ मा ११ औँ शिखर सम्मेलनको आयोजना गरेको थियो भने पहिलोपटक २०४४ कात्तिक १८–२० मा पहिलोपटक तेस्रो शिखर सम्मेलन आयोजना गर्ने अवसर पाएको थियो । सम्मेलनले भोली काठमाडौँ घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा चीन, अमेरिका, दक्षिण कोरिया, मोरिसस, युरोपियन युनियनलगायत नौवटै पर्यवेक्षक मुलुकका प्रतिनिधि पनि काठमाडौँ आएका छन् । गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर तीन दशकअघि सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सुरु भएको सार्कको यात्रा १८ औँँ सम्मेलनसम्म आइपुग्दा अपेक्षित गति लिन सकेको पाइँदैन । यसपटकको सम्मेलन विगतमा गरिएको प्रतिवद्धताहरुको कार्यान्वयनमा बढी केन्द्रित हुने बताइएको छ । यस्तै दक्षिण एसियाली क्षेत्रमा शुन्य आतंकवाद कायम गर्ने तथा समग्र आर्थिक क्षेत्रको विकासमा पनि केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु