Tuesday, 26 September 2017 12:37 am, Nepal

अपडेट : सार्क मुलुकका सरकार र राष्ट्रप्रमुखहरु काठमाडौं आउने क्रम जारी

मेचीकाली : 2014-11-25 13:05:38


अहिलेसम्म चारजना आइपुगे
काठमाडौं, ९ मंसिर :

सार्कको अठारौं सार्क शिखर सम्मेलनमा सहभागी सार्क राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरु आज दिनभरमा काठमाडौं आइपुग्ने भएका छन् । सार्क राष्ट्रका सरकार र राष्ट्र प्रमुख आउने क्रम बिहानैदेखि सुरु भएको छ । सबैभन्दा पहिले श्रीलंकाका राष्ट्रपति महेन्दा राजापाक्षे विहान साँढे ९ वजे काठमाडौंमा आइपुगेका छन् ।
श्रीलंकाको विशेष विमानमार्फत काठमाडौं आएका उनी विमानस्थलबाट सिधै लुम्बिनी दर्शनका लागि गएका छन् ।

लुम्बिनीमा झण्डै तीन घण्टा विताएपछि उनी काठमाडौं फर्कने छन् । । यसैगरी बिहान पौने ११ बजे अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति घानी समेत अफगानिस्तानको विशेष वायू यानबाट काठमाडौं आएका हुन् । त्यस्तै भुटानका प्रधानमन्त्री छिरिङ टोव्गे काठमाडौं भुटानको नियमित उडान ड्रयुक एयरबाट पौने १२ बजे काठमाडौं आइपुगेका छन् भने नियमित उडानबाटै माल्दिभ्सका राष्ट्रपति अव्दुल्ला यमीन अव्दुल गयुम १२ बजेर ५ मिनेटमा काठमाडौं आइपुगेका छन् । उनीहरु विमानस्थलबाट सिधै सोल्टी होटल गएका छन् ।

 यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउसो साँढे तीन वजे भित्र काठमाडौं अवतरण गर्ने छन् भने दिउँसो ३ वजेर ३५ मिनेट जाँदा पाकिस्तानका प्रधानमन्त्री मुहम्मद नवाज सरिफ काठमाडौंमा अवतरण गर्दैछन् । उनी पाकिस्तानी वायू सेनाको विशेष विमानबाट काठमाडौं आइपुग्दै छन् । सबैभन्दा अन्तिममा ४ वजेर १५ मीनेटको समयमा वंगलादेशका प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुग्नेछिन् । विमानस्थलको अतिविशिष्ट कक्षमा यसपाली सार्क राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुको स्वागतका लागि उपप्रधानमन्त्रीहरु वामदेव गौतम र प्रकाशमान सिंह खटिएका छन्  । सार्क राष्ट्रका सरकार र राष्ट्रप्रमुखको आगमनसँगै काठमाडौंको विमानस्थलदेखि सोल्टी होटलसम्मको सडक पुरै खाली गराइएको छ भने सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु