Tuesday, 26 September 2017 11:50 pm, Nepal

श्रीलङ्काली राष्ट्रपति राजापाक्ष काठमाडौँमा

मेचीकाली : 2014-11-25 11:29:20


काठमाडौँ, ९ मङ्सिर :

श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष सार्कको भोलिदेखि सुरु हुने अठारौँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान १०ः१५ बजे श्रीलङ्काको राष्ट्रिय ध्वजाबाहक विशेष विमानबाट यहाँ आइपुग्नुभएको छ ।

राष्ट्रपति राजापाक्ष सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै शिष्टाचार महापाल कालिप्रसाद पोखरेल र नेपालका लागि श्रीलङ्काली राजदूत डब्लु एम सेनिभिराथनाले उहाँलाई स्वागत अभिवादन गर्नुभयो ।

त्यसलगत्तै राष्ट्रपति राजापाक्ष कार्केडसहित विशिष्ट पाहुनाको स्वागतका लागि तयार पारिएको मञ्च आइपुग्नु हुँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री दीपकचन्द्र अमात्य, नेपाल सरकारका सचिव लीलामणि पौड्याल, प्रधानमन्त्रीका मुख्य निजी सचिव वसन्तकुमार गौतम र राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्यायले उहाँलाई स्वागत अभिवादन गर्नुभयोे ।

सो अवसरमा राष्ट्रपति राजापाक्षको सम्मानमा नेपाली सेनाले मङ्गल धुनसँगै सम्मान गारत अर्पण गरेको थियो । त्यसपछि दुवै देशको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति राजापाक्ष ९० जना श्रीलङ्काली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएको हो ।

शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ आइपुग्नु हुने राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुमध्ये राष्ट्रपति राजापाक्ष पहिलो विशिष्ट पाहुना हुनुहुन्छ । राष्ट्रपति राजापाक्षसहित श्रीलङ्काली प्रतिनिधिमण्डल विमानस्थलबाटै विशेष विमान चढी लुम्बिनीका लागि प्रस्थान गरेको छ ।

शिखर सम्मेलनमा भाग लिन अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे र माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम यहाँ आइपुग्नु हुने कार्यक्रम छ ।

त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र बङ्गलादेशकी प्रधानमन्त्री शेंख हसिना पनि आजै अपरान्हतिर काठमाडौँ आइपुग्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु