Sunday, 24 September 2017 02:35 pm, Nepal

दुम्जामा मिनिट्रक दुर्घटना, २ जनाको मृत्यु

मेचीकाली : 2014-11-25 08:35:41


सिन्धुली, ९ मंसिर :

सिन्धुलीको कुशेश्वर ६ दुम्जामा गएराती भएको मिनिट्रक दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी अन्य २ जना घाईते भएका छन् । दुर्घटनामा परि मिनि ट्रकका सहचालक सिन्धुलीको बस्तिपुर  ५ का ३६ बषीय  गणेश तामाङको घटनास्थलमा र काभ्रेका २६ वर्षिय जीवन मगरको  राती उपचारका क्रममा धुलिखेलमा ज्यान गएकोे हो ।

 २ जना घाईते बस्तीपुरका आइते योन्जन र चमार योञ्जनको धुलिखेलमा  उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । बनेपाबाट सिन्धुलीको बस्तीपुरतर्फ जाँदै गरेको बा ३ ख ३९५३ नम्बरको मिनिट्रक दुर्घटना भएको हो । मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु