Tuesday, 26 September 2017 02:58 pm, Nepal

शिखर सम्मेलनमा भाग लिन सदस्य मुलुकका प्रमुख आउँदै

मेचीकाली : 2014-11-25 08:20:29


सार्क सम्मेलन भोलीबाट
काठमाडौँ, ९ मंसिर :

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठाराँै शिखर सम्मेलनमा सहभागी हुन सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुख आज यहाँ आउँदै हुनुहुन्छ ।  ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ यही मङ्सिर १० र ११ गते यहाँ हुने शिखर सम्मेलनमा सहभागी हुन अफगानिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका राष्ट्राध्यक्ष÷सरकार प्रमुख तथा राष्ट्रप्रमुखको आगमन आज हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी तथा संस्थापक सदस्य देश मालदिभ्स र श्रीलङ्काका राष्ट्रपति क्रमशः अब्दुल्ला यामिन अब्दुल गैयुम र महिन्द राजपक्षले आआफ्ना मुलुकका प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ ।  त्यसैगरी सरकार प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका बङ्गलादेश, भुटान, भारत र पाकिस्तानका प्रधानमन्त्री क्रमशः शेख हसिना, ल्योन्छेन छिरिङ तोब्गे, नरेन्द्रदामोदरदास मोदी र नवाज सरिफ पनि शिखर सम्मेलनमा भाग लिन आजै यहाँ आइपुग्ने कार्यक्रम छ ।

    सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुख तथा प्रथम महिलालाई शिष्टाचार महापाल, सम्बन्धित देशका राजदूत वा नियोग प्रमुखले विमानमा नै पुगेर स्वागत गर्नुहुनेछ भने मोटरबाट ओर्लेपछि उहाँहरूलाई उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का एक सदस्य, मुख्य सचिव र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले औपचारिक स्वागत गर्ने कार्यक्रम निर्धारण भएको छ ।

    विशिष्ट अतिथिको स्वागतपछि मङ्गल धुनसँगै पाहुनामा सम्मान गारत प्रस्तुत गरिनाका साथै विशिष्ट पाहुनाका देशको राष्ट्रिय गीत बजाएपछि नेपालको राष्ट्रिय गीत प्रस्तुत हुनेछ ।  विमानस्थलदेखि सोल्टी होटलसम्मको सवारी मार्गका विभिन्न भागमा नेपालका विविध जाति र समुदायले आआफ्नो वेशभूषा झल्किने परम्परागत पहिरनमा विशिष्ट अतिथिको मुलुकका राष्ट्रिय झन्डा फहराउनका साथै परम्परागत बाजा बजाएर उहाँहरूको स्वागत –अभिवादन गरिने भएको छ ।

    मन्त्रालयका अनुसार बुधबार बिहान सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गर्नुहुनेछ । सार्कको अध्यक्षता ग्रहणसँगै प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।  सम्मेलनमा सहभागी पर्यवेक्षक  अस्ट्रेलिया, चीन, इरान, जापान, दक्षिण कोरिया, मौरिसस, म्यान्मा, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घका प्रतिनिधिले पनि मन्तव्य प्रकट गर्नुहुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु