Tuesday, 26 September 2017 02:50 pm, Nepal

भुटान र माल्दिभ्सका विदेशमन्त्री काठमाडौँमा

मेचीकाली : 2014-11-24 15:50:16


काठमाडौँ, ८ मंसिर :

आगामी बुधबार र बिहीबार राजधानीमा हुन गइरहेको १८ औँँ सार्क शिखर सम्मेलनमा भाग लिन माल्दिभ्स र भुटानका वैदेशिक मामिलामन्त्रीहरू आज यहाँ आइपुग्नु भयो ।

    सम्मेलनको पूर्वसन्ध्यामा भोलि यहाँ आयोजना हुने सार्क मन्त्रिपरिषद्को  ३६औँ बैठकमा सहभागी हुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी र पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन केही समय अगाडि यहाँ आइपुग्नुभएको हो ।

श्रीलङ्काका वैदेशिक मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस भने भोलि काठमाडौँ पुग्नुहुने भएको छ । अन्य देशका वैदेशिक मामिलामन्त्रीहरु आजै यहाँ आइपुग्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु