Saturday, 23 September 2017 05:58 am, Nepal

अठारौँ शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री कोइरालाले गर्ने

मेचीकाली : 2014-11-23 14:47:13


काठमाडौँ, ७ मंसिर :

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनको उद्घाटन आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुने भएको छ । सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गर्नुभएपछि मङ्सिर १० गते बिहान ९:३० बजे आयोजक राष्ट्रका प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि सम्मेलनले छलफलका कार्यसूची अनुमोदन गरेपछि सार्कको अध्यक्षताका लागि माल्दिभ्सका राष्ट्रपति गैयुमले आयोजक राष्ट्र नेपालका प्रधानमन्त्रीलाई प्रस्ताव गर्नु हुनेछ । उक्त प्रस्तावप्रति सार्कका सबै मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखले स्वीकृति जनाउनु हुनेछ । अध्यक्ष प्रस्तावको स्वीकृतिपछि नेपालका प्रधानमन्त्रीले सार्कको अध्यक्षमा निर्वाचित भएकामा धन्यवाद ज्ञापन गर्दै आफ्नो उद्घाटन सम्बोधन गर्नुहुनेछ ।

सम्मेलनमा क्रमशः पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री कोइरालाले सम्बोधन लागि निम्त्याउने मन्त्रालयको कार्यसूचीमा उल्लेख गरिएको छ ।

अध्यक्षबाट निवर्तमान हुने माल्दिभ्सका राष्ट्रपति यामिनले पुनः सम्बोधन गर्नुहुनेछ । सम्बोधन बिहान १०ः२० देखि ११ः४० बजेसम्म रहने कार्यक्रम छ ।त्यसपछि सार्कका महासचिव अर्जुनबहादुर थापा र सार्कका पर्यवेक्षक मुलुकलाई वर्णानुक्रमानुसार सम्बोधनका लागि प्रधानमन्त्री कोइरालाले आमन्त्रण गर्नु हुनेछ ।

पर्यवेक्षक मुलुक क्रमशः अष्ट्रेलिया, चीन, इरान, जापान, कोरिया, मरिसस, म्यानमार, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घका प्रतिनिधिले मन्तव्य राख्नुहुनेछ । यो सम्बोधन ११ः४१ देखि १२ः२८ सम्म रहने कार्यसूची रहेको छ । पर्यवेक्षक मुलुकबाट सम्बोधनका लागि कम्तीमा राज्यमन्त्री/उपमन्त्री सरहको प्रतिनिधि हुनुपर्ने प्रावधान छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु