Tuesday, 26 September 2017 11:15 am, Nepal

दीपाको हत्या भएको खुलासा

मेचीकाली : 2014-11-22 17:42:56


सिन्धुली, ६ मंसिर :

सिन्धुली मरिणखोलाको बगरमा मृत अवस्थामा फेला परेकी युवतीको हत्या भएको अनुसन्धनबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।  विहिबार राती साढे १० बजे तीर सन्धुलीको कपिलाकोट गाउँ विकास समिति वड नंवर ९ स्थित मरिण खोलाको बगरमा मृत अवस्थामा भेटिएकी काठमाण्डौको साङला १ की दिपा सापकोटाकोे शव भेटिएको थियो ।

पक्राउ परेका खोटाङको राजापानी ७ घर भएका २६ बर्षिय विदुर कार्कीले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको हो । कार्कीले २०७० साल भदौ महिनादेखि महुली सामुदायिक लघु वित्त वितिय संस्था लिमिटेड शाखा कार्यालय कपिलाकोटमा काम गर्दै आएका थिए । सापकोटा डेढ साता अघि आएको र विद्युत प्रणलीको गुणस्तर जाँच तथा अनुगमन निरीक्षक पदमा कार्यरत भएको बताईएको छ । दुवै जनाको जागिरकै सिलसिलामा सामान्य चिनजान भएको थियो ।

कल्पबृक्ष गाविसमा बालाचतुदर्शीको अबसरमा बत्ती बालीएको पशुपतिनाथको मन्दिर तर्फ दुबै जना सँगै जाने क्रममा मरिणखोला बगरको एकान्त स्थानमा पुगेपछि अभियुक्त बिदुर कार्कीको मृतक दिपा सापकोटासँग बिबाद शुरु भएको र बिबादकै क्रममा कार्कीले हत्या गरेको प्रहरीले जनाएको छ निज बिदुर कार्कीलाई लुकीछिपी बसीरहेको अबस्थामा कपिलाकोट प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी प्रहरी हिरासतमा राखी घट्ना सम्बन्धमा थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु