Wednesday, 20 September 2017 06:43 pm, Nepal

रोकिएन दुर्घटनाको श्रृंखला, खोटाङमा जीप खस्दा पाँच जनाको मृत्यु

मेचीकाली : 2014-11-21 10:24:22


अन्य ९ जना घाइते
खोटाङ, ५ मंसिर :

खोटाङमा प्रसिद्ध हलेसी महादेव दर्शन गरेर फर्कदै गरेकाहरु चढेको जीप आज विहान भीरबाट खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ९ जना गम्भिर घाइते भएका छन् । १४ यात्रु बोकेको भे १ ज ६०३२ नम्वरको जीप विहान साढे ४ बजेतिर खोटाङको दुर्सिम गाविस ६ मा पर्ने गौरीशंकर भन्ने स्थानमा सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृतकहरुको सनाखत हुन सकेको छैन । हाम्रा सहकर्मी डम्वरसिं राइका अनुसार, घाइतेहरुको हलेसीस्थित उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनिहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु