Wednesday, 20 September 2017 06:44 pm, Nepal

पुष्प व्यापार मेलामा ३० लाखको कारोबार

मेचीकाली : 2014-11-20 17:08:44


पोखरा, ४ मंसिर :

फ्लोरीकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजना तथा कृषि विकास मन्त्रालयको सहयोगमा पोखरा सभागृहमा भएको तेस्रो क्षेत्रीय गोदावरी प्रदर्शनी एवम् पुष्प व्यापार मेलामा करिब ३० लाख मूल्यबराबरको कारोबार भएको छ ।

मेलामा एक लाख बढीले अवलोकन गरेको मेला आयोजक समितिका संयोजक प्रेमबहादुर रानाले जानकारी दिनुभयो । मेलामा अपेक्षा गरिए भन्दा बढी आर्थिक कारोबार भएको थियो ।

    यसपटकको प्रदर्शनीमा राखिएका ९० प्रतिशतभन्दा बढीको पूmल बिक्री भएको बताइएको छ । मेलामा ३०० प्रजातिका पूmलका बिरुवा प्रदर्शनीमा राखिएको थियो ।    मेला गत सोमबारदेखि सुरु भई हिजो सम्पन्न भएको थियो ।उक्त मेलामा व्यावसायिक नर्सरीका कट्फ्लावर, कृषि औजार, मल, बीउबिजनसहित ३० वटा कक्ष राखिएको थियो ।

    पोखरामा रहेका १९ वटा नर्सरीको मेलामा सहभागिता रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु